Homeराजनीतिपार्टीलाई कसैको वैयक्तिक स्वार्थपूर्तिको माध्यम बनाउन हुँदैन : ओली

पार्टीलाई कसैको वैयक्तिक स्वार्थपूर्तिको माध्यम बनाउन हुँदैन : ओली

Sagun Sandesh

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नु भएको छ । 

साथै उहाँले ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह समेत गर्नु भएको छ । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताउनु भएको छ । 

उहाँले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने विज्ञप्तिमा उल्लेख छ । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय