Homeराजनीतिविवाद मिलाउन एमालेमा बन्यो १० जनाको कार्यदल

विवाद मिलाउन एमालेमा बन्यो १० जनाको कार्यदल

Sagun Sandesh

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ।

आज सिंहदरबारमा ओली र नेपाल बीच भएको ‘वान टु वान’ छलफलले १० सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा दुबै पक्षका ५/५ नेता कार्यदलमा रहनेछन् ।

कार्यदलमा ओली समुहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समुहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।

यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने समय दिईएको वरिष्ठ नेता नेपालले बताए । यधपी तीन दिनभित्रमा कार्यसम्पन्न नभएको अवस्थामा समय थप्न सकिने उनले बताए ।

आज ओलीसँग भएको भेटवार्तामा २ जेठ २०७५ कै एमाले पार्टी संरचना, बिधान एवं नेतृत्व कायम राख्ने गरी सहमती यस अघि ओली र नेपाल बीच भईसकेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय