Homeराजनीति१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारको नेतृत्वमा ओलीको दाबी

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारको नेतृत्वमा ओलीको दाबी

Sagun Sandesh

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गर्नुभएको छ ।

वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको उहाँका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । सो दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिनुभएको थियो । विपक्षी दलहरुले पनि आफूहरुसँग सरकार बनाउन आधार पुग्ने दाबी गरेको जनाइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय