काठमाडौं । कांग्रेस, माओवादी केन्द्र सम्मिलिन विपक्षी गठबन्धनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै सोमबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् ।
दुईदिनको तयारीपछि कांग्रेस सभापति देउवा, माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सांसदहरु अदालतमै उपस्थित भएर सोमबार रिट निवेदन दिइएको छ ।
विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ भने अन्तरिम आदेशद्वारा घोषित निर्वाचन बदर पनि माग गरिएको छ ।
प्रष्ट रुपमा बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको दाबी छ ।