Homeराजनीतिनेपाल बार एशोसिएसनले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा (विज्ञप्तिसहित )

नेपाल बार एशोसिएसनले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा (विज्ञप्तिसहित )

Sagun Sandesh

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । 

राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने बारले चेतावनी समेत दिएको छ ।

बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विज्ञप्तिमा “वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/०५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं । ” भनिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय