Homeबागमती प्रदेशचितवनमा उम्मेदवारी फिर्ता लिएर एमालेले गर्‍यो काँग्रेसका बागीलाई समर्थन

चितवनमा उम्मेदवारी फिर्ता लिएर एमालेले गर्‍यो काँग्रेसका बागीलाई समर्थन

Sagun Sandesh

काठमाडौँ । चितवन क्षेत्र नं.३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ । जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताए । न्यौपाने भने अहिले सम्पर्कमा छैनन् ।

कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मङ्गलवार बेलुकी बालकोट गएका थिए । नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौँ गएका छन् । चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय