Homeराजनीतिनिर्वाचन आयोगले प्रचण्डलाई स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले प्रचण्डलाई स्पष्टीकरण सोध्यो

Sagun Sandesh

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ।

आचार संहिता उल्लंघन गर्दै पञ्चेबाजा बजाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। उनले गत आइतबार गोरखा- २ मा मनोनयन गर्न जाने क्रममा पञ्चेबाजा प्रयोग गरेको थिए।

उनी मंसिर ४ गते हुने प्रतिनिधि सभामा निर्वाचनमा आचार संहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिने पहिलो व्यक्ति भएका छन्।


काठमाडौँ – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजागाजासहित गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रचण्डलाई प्रष्टीकरण सोधेको हो। यस विषयमा आयोगले प्रचण्डलाई सात दिनभित्र जवाफ पेश गर्न भनेको छ।

‘प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइन? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्जेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०५९ को दफा १३ को उपदफा (१) को खण्ड (ग) को व्यवस्थाको उल्लंघनमा किन कारवाही गर्नु नपर्ने हो? यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’ आयोगले भनेको छ।

प्रचण्डले यसपटक गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय