जापानकै इतिहासमा पहिलो पटक हुन लागेको भेट्रान्स गोल्ड कपको टिम पुरा भएको छ ।
कोरोना कहरको कारण ८ टिम मात्रै प्रवेश लिने आयोजकको निर्णय अनुसार तेकिएको ८ टिम पुरा भएपछि प्रवेश दर्ताको काम रोकिएको आयोजकले जनाएको छ ।
जुन २७ तारिख आईतबार दिउँसो १२ बजे योकोहामा चुरुमीस्थित चुरुमी साकाबा रेष्टुरेण्टमा एक औपचारिक कार्यक्रम गरि ट्राईसिट आउट गरिने भएको छ । पहिलो दर्ता गर्ने टिमलाई पहिलो प्राथमिकता दिने भएकोले चाहेर पनि ८ टिम भन्दा बढी टिमलाई प्रवेश गराउन नसकेको क्ल्वका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मिथुन गुरुङले वताए ।
कावासाकी बुल्सको आयोजनामा हुन गईरहेको ऐतिहासिक टूर्नामेंटको लागि जापानका विभिन्न शहरहरुबाट “भेट्रान्स” टिमहरु दर्ता भईसकेको अध्यक्ष मुकेश गुरुङले वताए । प्रतियोगिताको विजेता टिमले २००,००० येन नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उप-विजेता टिमले १००,००० येन नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।