१० वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा मंगलबार भेटिएका कोरोना भाइरस (कोभिड-१९) का संक्रमितमध्ये तीन जना विदेशबाट आएको पाइएको छ ।
भुल्केमा पहिलो पटक वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै पछिल्लो समय भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका थिए । उनीहरुको दाबी छ कि चार महिना यता नेपालबाहिर गएका छैनन् ।
(हरि अधिकारीले लेख्नुभएकाे खबर अनलाइन खबरबाट साभार गरिएकाे हाे )