Homeअपराधजनकपुर अस्पतालबाट एकजना कोरोना संक्रमित झ्याल फोडेर भागे

जनकपुर अस्पतालबाट एकजना कोरोना संक्रमित झ्याल फोडेर भागे

Sagun Sandesh

काठमाडौं। धनुषाको प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित आज बिहान अस्पतालको झ्याल फोडेर अस्पतालबाट भागेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेशकुमार बस्नेतले आज बिहानै आइसोलेसन कक्षमा उपचाररत सर्लाहीका ४५ वर्षीय पुरुष संक्रमित भागेको बताएका छन्।

उनको खोजीका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ।यसअघि पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट दुईजना संक्रमित भागेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर पुनः आइसोलेसनमा राखेको थियो।

Sagun Sandesh

भर्खरै

लोकप्रिय