Homeगण्डकी प्रदेशनवलपुर समाज जापानको राहत बितरण कार्यक्रम सम्पन्न

नवलपुर समाज जापानको राहत बितरण कार्यक्रम सम्पन्न

Sagun Sandesh

जापान । आफ्नो जिल्लामा नवलपुर समाज जापानले नवलपरासी (ब.सु.पुर्व) नवलपुर का दुई गाउँ पालिका लाई क्वरेन्टाइन  ब्यबस्थापन को लागि चाहिने सामाग्री हस्तान्तरण गरेकोछ ।  

नवलपरासी (ब.सु.पुर्व) नवलपुर स्थायी बसोबास भइ रोजगार,शिक्षा र ब्यबसाय गर्ने  सिलशिलामा जापान आउनु भएका नेपालीहरुले बिपतका बेला आफ्नो जिल्लामा परदेश रहेरपनि सहगोग गर्ने उद्देश्य नवलपुर समाज जापान संगठन मार्फत निरन्तर जापानमा अनि आफ्नो जिल्लामा सहयोग गर्दै आएको छ ।  

संसार भरी कोभिड -१९ ले भयाभह भईरहेको यस्तो अवस्थामा आफ्नो देशमा पनि जटिल परिस्थिति हुँदै गइरहेको अबस्थामा   बिकट पहाडी भेगमा रहेको  बुङ्दीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका बाट क्वारेन्टाइन ब्यबस्थापन  गर्न आर्थिक , भौतिक सामाग्री हरु सहगोग गरिदिनुहुन भनी अनुरोध पत्र गोर्खाली भ्वाईसका अतिथि पत्रकार एबं गण्डकी प्रदेश सदस्य माननीय बिस्नु लामिछानेको  स्वकीय सचीव गोबिन्द लामिछाने मार्फत   अनुरोध आएको संस्थाका संस्थापक अध्यक्ष केशब प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।गाउँपालिकाको  पत्र पाए संगै  यस्तो जटिल परीस्थिती लाई मध्यनजर राख्दै संस्थाबाटअहिले को अवस्थामा २ गाउँपालिकाको लागी एकमुष्ट (१०७८७०)एक लाख सातहजार आठसय सत्तरी रुपैयाँ बराबरको क्वारेन्टाइन  ब्यबस्थापनमा चाहिने झुल , बेडकभर , म्याट ,ओड्ने कपडा लगायत स्वस्थ सामाग्री हस्तान्तरण गरेको  नवलपुर समाज जापानका अध्यक्ष सागर प्रसाद कंडेलले जानकारी दिनुभएको छ ।

हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सदस्य माननीय बिस्नु लामिछानेले उक्त सामाग्री बुलिङटार गाउँपालीका अध्यक्ष सशिकिरण बस्ताकोटी र बुङदीकाली गाउँपालीका का उपाध्यक्ष मायादेबि श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएको थियो ।सोही कार्यक्रममा नवलपरासी ब.सु.पुर्ब) जापनमा रहेका युवाहरुले “आफुहरु पनि संकटमा रहेको अबस्थामा समाज प्रति उत्तरदायी भै सहयोग जुटाएर पठाउनु भएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो ।”कार्यक्रममा बोल्दै बुलिङटार गाउँपालीका अध्यक्ष सशिकिरण बस्ताकोटीले समाजका सम्पुर्ण पदाधिकारी एबं सदस्य प्रती सम्मान ब्यक्त गर्दै संकटको यो विषम परीस्थिमा हातेमालो गर्दै जनता प्रतिको उत्तरदायीत्वमा थप उर्जा प्रदान गर्नु भएकोमा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो ।बुङदीकाली गाउँपालीका उपाध्यक्ष मायादेवी श्रेष्ठले “आफ्नो पालीकाको अनुरोध स्युकारी बिपतका बेला साना साना कुरा पनि ठुला बन्न पुग्दा रहेछन ,हाम्रालागी यो सहयोग निकै ठुलो भएको र आउँदा समयमा पनि सहयोगको अपेक्षा व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ” भन्नुभएको थियो ।कार्यक्रममा प्रेस युनियन केन्द्रिय सचीव के .बि राना , मगरसंघका जिल्ला अध्यक्ष इन्द्र फालमगर ,पत्रकार एबं माननीय बिस्नु लामिछानेको स्वकीय सचीव गोविन्द लामिछाने , स्थानीय युवा नेता भेषु श्रेष्ठ लगायतको उपस्थिति  थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय