गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
आज भएको मन्त्रिपरिषद विस्तारमा युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी राजिव गुरूङ (दीपक मनाङे) ले पाउने हुनु भएको छ ।
अहिले केहीबेमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
मनाङको प्रदेश (ख) बाट प्रदेश सभामा निर्वाचित मनाङे बुधबार मुख्यमन्त्रीे माथिको अविश्वासको प्रस्तावको निर्णय हुने भनिएको प्रदेश सभा बैठकमा सहभागी हुनु भएको थिएन ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था बेपत्ता भएको भन्दै बुधबारको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको थियो ।
आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएका हो ।