Homeगण्डकी प्रदेशगण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेपाली तथा मन्त्रीद्वारा शपथ ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री नेपाली तथा मन्त्रीद्वारा शपथ ग्रहण

Sagun Sandesh

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले हिजाे साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।  प्रदेश प्रमुख पौडेलले हिजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेश सभा सदस्यलगायतको उपस्थिति थियो

Sagun Sandesh

भर्खरै

लोकप्रिय