काठमाडौं । अभिनेत्री आँचल शर्माले विवाहपछि आफ्ना पति उदिप श्रेष्ठसँग मिलेर कपाल उमार्ने तथा शरीरिक रुपमा तौल घटाउने उपचार केन्द्र सञ्चालन गरेकी छिन् । बालुवाटार क्षेत्रमा सञ्चालन गरिएको यही कार्यालयमा आँचल र उदिप आजकाल व्यस्त हुने गरेका छन् । सेलिब्रेटी देखि विभिन्न व्यक्तिहरुको कपाल र रोप्न र तौल घटाउनमै अभिनेत्री आँचलको दीनचर्या बित्ने गरेको छ । जसलाई उनले नेपालमा एउटा नयाँ उपचारको रुपमा चर्चा गरिरहेकी छिन् ।
अभिनेत्री आँचलसँग फिल्म पनि छैन । गत वर्ष यही समयमा उनले फिल्म झिँगेदाउमा अभिनय गरेकी थिईन् । त्यसपछि उनको हातलमा सिनेमा छैन । विवाहपछि भिडियोमा देखिन थालेकी आँचल यही कारण पनि आजकाल कपाल रोप्ने व्यबसायमा व्यस्त छिन् ।
यसरी टाउकोमा कपाल रोप्ने ब्यबसाय सुरु गरेकी यी अभिनेत्रीलाई एउटा अन्तरवार्तामा टाउकोको तौल सोध्दा आँचल अहिले विवादमा परेकी छिन् । कपालको मोल सोधेको भए आफुले रोप्ने गरेको कपालको मूल्यसँग हिसाब गरेर उनले जवाफ दिने थिईन होला । तर टाउकोको तौल नै सोधेपछि उनले बताउन सकिनन् । अन्तत एउटा टाउकोको तौल थाहा पाउन त्यो टाउकोलाई तराजुमै राख्नु पर्ने बताएकी छिन् ।
अभिनेत्री आँचल यही विभिन्न ट्रोलको सिकार भएकी छिन् । कपालका रौं गनेर त्यो बराबरको पैसा लिँदै कपाल रोप्ने व्यवसाय अँगालेकी अभिनेत्री आँचल अहिले टाउकाको तौलबारे जान्न भने तराजुमा जोख्नु पर्ने अडान कसेकी छिन् । सोही कुरालाई लिएर अहिले उनको टाउकोको तस्बिरमा विभिन्न तौल राखेर सामाजिक सञ्जालमा ट्रोलको हाँसो बनाईएको छ ।