Homeकला र संस्कृतिसुदूरमा गरिमा शर्मालाई अफर

सुदूरमा गरिमा शर्मालाई अफर

Sagun Sandesh

अभिनेत्री वर्षा सिवाकोटीले डेढ वर्ष अगाडि निर्देशक तथा कलाकार रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुदूर’ साइन गरेकी थिइन् । छायांकनका लागि तयारी हुँदै गर्दा कोरोनाका कारण देश लकडाउन भएपछि फिल्मको निर्माण अनिश्चितकालका लागि रोकियो ।

साइन गरेको डेढ वर्षसम्म छायांकन सुरु नभएपछि वर्षाले हाल सालै फिल्मबाट हात झिकिन् ।उनले फिल्म छाडेपछि निर्देशक बुढाथोकी अभिनेत्रीको खोजीमा छन् । यसैक्रममा उनले मोडल तथा अभिनेत्री रेश्मा घिमिरेलाई फिल्म अफर गरेका थिए । तर उनले तत्काल फिल्म नगर्ने बताएपछि ‘सुदूर’ को अफर मोडल उषा उप्रेतीलाई पुगेको थियो ।

उनले पनि फिल्म गर्न इच्छा नदेखाएपछि निर्देशक बुढाथोकीले अर्की मोडल गरिमा शर्मालाई अभिनेत्रीको प्रस्ताव गरेका छन् ।
मंगलवार उनीहरुबीच भेटेरै फिल्मको विषयमा कुराकानी भएको छ ।चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा गरिमा र निर्देशक बुढाथोकीबीच भेटघाटको तस्विर पोस्ट गरेका छन् ।

उक्त भेटमा गरिमाले फिल्मको ‘वान लाइन स्टोरी’ सुनेकी थिइन् ।उनले फिल्म गर्ने वा नगर्ने विषयमा निर्णय गरेकी छैनन् । तर, फिल्मलाई लिएर उनी सकारात्मक रहेको बुझिएको छ ।यो फिल्मका लागि अहिलेसम्म मुख्य नायकको पनि टुंगो लागेको छैन ।

निर्देशक बुढाथोकीले नायकको प्रस्ताव पुष्प खड्कालाई गरेका छन् ।उनीसँग निर्माण टिमको मौखिक सहमति भइसके पनि कागजी सम्झौता भएको छैन । रमेश बुढाथोकी लामो समयपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले ‘बाबु साहेब, अप्सरा, जीवन मृत्यु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय