टोकियो । लोक तथा दोहोरी गायक तथा सर्जक खेम सेन्चुरीको संगीतमा रहेको ‘रम रम मरौटी’को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । पछिल्लो समय विभिन्न मौलिक गीत सृजना गरेर चर्चा कमाएका सर्जक खेम सेन्चुरीले सृजना गरेको यो गीत हाल सम्मकै फरक रहेको बताईएको छ ।
गीतमा खेम सेन्चुरी र अस्मिता अधिकारीको स्वर रहेको छ । प्रिन्सेस खरेल निर्माता रहेको यस गीतको भिडियोमा चर्चित अभिनेत्री पूजा शर्मा र पछिल्लो समय चर्चामा रहेका ब्यस्त मोडल ओबी रायमाझीको अभिनय रहेको छ ।
पूर्व पश्चिम उत्तर दक्षिण घुमे चारैदिशा,
तिम्रो अघि फिका लाग्यो मलाई मोनालिसा ।
रम रम मरौटी, तिम्रो रुपै करौंती ।।
मुना मदन राधाकृष्ण अनि मजनु लैला,
फेलखाने थिए तिमी र म भेटेको भा पैला ।
गीतमा यस्ता शब्द समाबेश छन् ।
दुई प्रेम गर्ने जोडीको प्रेमलाई मुख्य भाव बनाइएको गीतमा माया, प्रेम र सौन्दर्यतालाई चर्चा गरिएको छ । फिल्मी लोक शैलीको यस गीतलाई ‘डान्सीङ सङ’ पनि भन्न सकिन्छ । पछिल्लो समय म्यूजिक भिडियोमा ब्यस्त रहेकी नेपाली सीने जगतकी नायिका पूजा शर्मा र ब्यस्त चकलेटी मोडल ओबी रायमाझीको डान्सले दर्शकको मन लोभ्याएको छ ।
नेत्र अर्यालको शब्द रहेको यस गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । गीत ओबी रायमाझी युट्युवमार्फत सार्वजनिक भएको छ ।