काठमाडौं। नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६,महोत्तरीमा २, सर्लाहीमा २१,सिराहामा १७, भक्तपुरमा १, धादिङमा २३, कपिलवस्तुमा १६, काठमाडौँमा ४, नवलपरासीमा २, नुवाकोटमा २ र स्पन्देहीमा १० जना संक्रमित थपिएका हुन्।
अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएका छन्। हालसम्म अस्पतालबाट कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ। पछिल्लो चौबिस घण्टामा ४५ जना डिस्चार्ज भएका हुन्। २१२ जना पुरुष र ५४ जना महिला डिस्जार्ज भएका हुन् । हालसम्म नेपालमा आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।