काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाई शुक्रवार पनि शुरू भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाका वकिलहरुले बहस गर्ने कार्यतालिका छन् । सुनुवाईको शुरुमै प्रधानमन्त्री केपी शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं बहस सुरु गर्नुभएको छ । अब बहसका लागि डेढ घण्टा मात्र समय बाँकी रहेको छ।
प्रधानमन्त्रीका कानुन व्यवासायीको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायीले बहस गर्नेछन्। सभामुखका कानुन व्यवसायीलाई बहसका लागि डेढ घण्टा समय निर्धारण गरिएको छ। उनीहरुले भने समय अपुग हुने भन्दै थप समय माग गरेका छन्।
त्यसपछि नेपाल बार र सर्वोच्च बारबाट झिकाइएका एमिकस क्युरीले आफ्नो राय राख्नेछन्। उनीहरूलाई दुई घण्टाको समय दिइनेछ।
एमिकस क्युरीले राय राखिसकेपछि रिट निवेदक तर्फबाट जवाफी बहस हुनेछ। जसका लागि तीन घण्टा समय निर्धारण गरिएको छ। यी सबै प्रक्रिया सकिएपछि अदालत फैसलाको चरणमा पुग्नेछ।
प्रतिनिधि सभा विघटन मुद्दामा असार ९ गते बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।