Homeब्रेकिङ न्युजनवीना लामाको आक्रोशः प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्र ?

नवीना लामाको आक्रोशः प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्र ?

Sagun Sandesh

काठमाडौं। सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरी प्रधानमन्त्रीमा काँगेस सभापति शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि सांसद तथा एमाले नेत्री नविना लामा आक्रोशित हुनुभएको छ ।

पुनःस्थापित प्रतिनिधिसभाकी सांसद लामाले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्र ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले राष्ट्रपतिबाट कुनै अस्वाभाविक कदमको अपेक्षा पनि गर्नुभएको छ तर, त्यो कदम कस्तो हो भन्ने चाहिं उनले खुलाउनुभएको छैन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्रै प्रधानमन्त्री बनाउनु भन्ने आदेश दिएपछि प्रधानमन्त्री ओलीका समर्थकहरु आक्रोशित छन्।

ओलीसमूहकी युवा नेता तथा सांसद लामाले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याट्स लेख्दै भन्नुभएको छ, ‘ प्रधानमन्त्री तोक्ने को हो अदालतरु को हो चोलेन्द्र ? संसदले बनाउने हो प्रधानमन्त्री। हामीले स्वीकार्ने विधि। हामी पर्खिरहेको छु राष्ट्रपतिको कदम।’

Sagun Sandesh

भर्खरै

लोकप्रिय