Homeब्रेकिङ न्युजबालुवाटार छाडेर बालकोट लागे ओली

बालुवाटार छाडेर बालकोट लागे ओली

Sagun Sandesh

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुभएको छ ।

अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले बुधबार बालुवाटार छाड्नुभएको हो ।

आफ्नै निवास बालकोटमा सर्नुभएकाका उहाँलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए ।

तर भारी वर्षाका कारण र्‍याली बिथोलिएको छ ।

सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हट्नुभएको थियो ।

देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसक्नुभएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय