Homeब्रेकिङ न्युजनेपालमा शुक्रबार झण्डै तीन हजार कोरोना संक्रमित थपिए, १७ सय ७५ डिस्चार्ज

नेपालमा शुक्रबार झण्डै तीन हजार कोरोना संक्रमित थपिए, १७ सय ७५ डिस्चार्ज

Sagun Sandesh

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर ४३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ।

देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन्।

गत चौबीस घण्टामा ९ हजार ६ सय १३ जनाको पीसीआर तथा ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण भएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय