Homeब्रेकिङ न्युजएमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संघीय सांसद (प्रतितिनिध सभा सदस्य) पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन लागेकै दिन उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिनै भन्नुभयो, ‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छुु, म राजीनामा दिन्छु।’

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक रहनुभएको थियो ।

अहिले अवस्था ठीक नभएको भन्दै अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित हुनुभएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने भन्दै राजीनामा दिनुभएको हो ।

माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।  एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूले भने विश्वासको मत दिने बताइसकेका छन्।

आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय