Homeब्रेकिङ न्युजप्रधानमन्त्री देउवाले पाए विश्वासको, मत जोगियो सरकार

प्रधानमन्त्री देउवाले पाए विश्वासको, मत जोगियो सरकार

Sagun Sandesh

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । यो सँगै उहाँको सरकार जोगिएको छ ।

२४९ जना उपस्थित भएकामा पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । त्यस्तै तटस्थमा जम्मा एक मत परेको छ । २१ जना अनुपस्थित रहे ।

आइतवार पुनःस्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकमै उहाँले विश्वासको मत पाउनुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री देउवालाई काँग्रेस, माअ‍ोवादी, जसपाको दुवै पक्ष, जनमोर्चा, एमाले र स्वतन्त्रले गरी सो मत प्राप्त भएको हो ।

विपक्षमा भने एमालेको संस्थापन पक्षका ८३ भोट आयो ।एमालेको माधव कुमार नेपाल पक्ष मात्र नभएर ओली पक्षका नेताहरुले समेत देउवालाई भोट गरे । यसअघि माधव नेपाल पक्षका नेता भीम रावलले भने यो राजनीतिक विकृत खेलबाट बाहिर आउने भन्दै राजीनामा दिनुभएको थियो । त्यस्तै ओली पक्षका नेताहरु ओली सरकारका वनमन्त्री प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती विशुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले पनि विश्वासको मत दिएका छन् ।

त्यस्तै एमालेको नेपाल समूहको अधिकांश नेताहरुले पनि देउवालाई मत आउने निश्चित भएको कारण पहिल्यै बैठक छोडेर हिडेका थिए । गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, दिपक भट्ट, नारायण खतिवडा लगायतका नेताहरु उठेर हिडेका हुन् ।

प्रधानमन्त्री देउवालाई जनता समाजवादी पार्टीको दुवै पक्षले मत दियो । प्रधानमन्त्री देउवाले विश्वासको मत दिन आग्रह गर्दै आईतवार जसपाको महन्थ ठाकुरलाई पत्राचार गर्नुभएको थियो । पत्राचारपछि बसेको महन्थ पक्षको आकस्मित बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद बैठकमा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले घायल भएरै भएपनि देउवालाई भोट दिने बताउनुभएको थियो ।

जसपाको उपेन्द्र–बाबुराम पक्षले भने शुरूवात देखि नै ५ दलीय गठबन्धनमा सामेल हुँदै आएको छ । योसँगै देउवा नेतृत्वको सरकार कम्तीमा एक बर्षको निम्ती कुनै पनि हालतमा ढल्ने छैन । किनभने सरकार गठन भएको एक बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय