Homeब्रेकिङ न्युजएमाले केन्द्रीय कमिटि बैठक सकियो, २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधियो

एमाले केन्द्रीय कमिटि बैठक सकियो, २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधियो

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटि बैठक सकिएको छ ।

बैठकले प्रधानमन्त्री शेरवहादुर देउवाको पक्षमा विश्वासको मत दिने बरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको हो ।

यस्तै बैठकले विघटित कार्यदलले पेश गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको समेत गरेको छ ।

सोमवार बसेको बैठकले १० बुँदे सहमति कार्यन्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा भएको घटना शर्मनाक कुरा’ भएको बताउनभयो ।

आइतवार एमालेका सांसदहरुले नै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा विश्वासको मत दिएपछि सो घटना असाधारण, अस्वभाविक र नैतिकहीन भएको बताउनुभएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिदै उहाँले भन्नुभयो, ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’।

सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत हुँदै उहाँले भन्नुभयो, हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो, यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।

ओलीले आफ्नो बहुमत नभएको कमिटीमा आउँदिन भन्दै नेता नेपालले अध्यक्ष पद खोजेको आरोप लगाउँदै भन्नुभयो, हिजो मात्रै माधव नेपालले बहुमत नभएको कमिटीमा जान्न भनेर अपराध गर्ने, सरकार ढलाउने अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?

ओलीले यसअघि बालुवाटारबाट बाहिरिएर बालकोट पुगेपछि नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउनुभएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय