Homeब्रेकिङ न्युजनेपालमा बुधबार २ हजार ८३८ जना कोरोना संक्रमित थपिए, ३० को मृत्यु

नेपालमा बुधबार २ हजार ८३८ जना कोरोना संक्रमित थपिए, ३० को मृत्यु

Sagun Sandesh

काठमाडौं । नेपालमा बुधबार थप २ हजार ८३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय