Homeब्रेकिङ न्युजप्रधानमन्त्री देउवा प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

प्रधानमन्त्री देउवा प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

Sagun Sandesh

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

शनिबार बिहान देउवासँगको भेटवार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल भएको स्रोतको भनाइ छ।

मन्त्रालय बाँडफाँडका विषयमा सत्ता गठबन्धनका अन्य दलहरुसँग कुराकानी गर्ने सहमति नेताहरुबीच भएको छ।

प्रधानमन्त्री बनेको लामो समय वितिसक्दा देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय