Homeब्रेकिङ न्युजएमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्नेछ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ ।

यसअघि आइतबारको बैठकले माधव नेपाल पक्षको बहिष्कारकाबीच महाधिवेशन केन्द्रित निर्णयहरु गरेको छ ।आइतबारको बैठकले भदौ २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरेको थियो ।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

प्रस्तावहरूलाई अन्तिम रूप दिन साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय आइतबारको बैठकले गरेको छ ।

यस्तै सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ सम्म गरिसक्ने निर्णय पनि बैठकले गरेको थियो ।

आजको बैठकमा पनि नेपाल पक्ष सहभागी नहुने भएको छ । तथापि नेपाल पक्षलाई सहमतिमा ल्याउन संस्थापन पक्षका नेताहरुले लागि परेका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय