Homeब्रेकिङ न्युजविद्युत प्राधिकरणमा कुलमानलाई ल्याउने प्रधानमन्त्रीको तयारी

विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउने प्रधानमन्त्रीको तयारी

Sagun Sandesh

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

उनले कार्यभार सम्हालेदेखि प्राधिकरणको नाफा दोब्बरले घटेको छ । जसका कारण नै राजीनामा मागिएको स्रोतले बतायो । ‘ऊर्जामन्त्रीले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा माग्नु भएको हो,’ स्रोतले भन्यो ।

यस्तै प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ठाडो निर्देशन दिएका छन् ।

आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय