Homeब्रेकिङ न्युजमाधव नेपाल समूहको बैठक भोलिसम्मका लागि स्थगीत

माधव नेपाल समूहको बैठक भोलिसम्मका लागि स्थगीत

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले आजको लागि डाकेको केन्द्रिय सदस्यहरुको बैठक एक दिन पर धकेलेको छ ।

जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा काठमाडौं आउन सम्भव नभएकोले बैठक एक दिन सारिएको दावी गरिएको छ ।

नेपाल पक्षिय केही नेता भने आन्तरिक तयारी नपुगेको एवं पार्टी अध्यक्ष केपी ओलीसँग हुनसक्ने संभावित वार्ताको लागि बैठक सारिएको दावी गर्छन् ।

अध्यक्ष ओलीसँग एकताका लागि प्रयासमा आफूपक्षीय एकता कार्यदलका पूर्व सदस्यहरु रहेका बेला नेपाल पक्षले हिजो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेका थियो ।

ओलीले यही साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकाले नेपालले त्यो भन्दा अगावै आफ्नो पक्षको बैडक डाक्नुभएको थियो ।

ओलीलाई आफ्नो शक्ति देखाउन र पार्टीको आन्तरिक राजनीति तथा आगामी रणनीतिबारे ‘ब्रिफिङ’ गर्ने उद्देश्यसहित नेपालले बैठक बोलाउनुभएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय