Homeब्रेकिङ न्युजकार्यदलले तयार पारेको साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

कार्यदलले तयार पारेको साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

Sagun Sandesh

काठमाडौं । सत्ताररूढ गठबन्धनको कार्यदलले तयार पारेको सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

त्यसका लागि अहिले कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएका छन्। प्रधानमन्त्रीपछि गठबन्धनका शीर्ष नेतालाई पनि प्रतिवेदन बुझाइने कार्यदलले जनाएको छ।

गठबन्धनमा आबद्ध पार्टीका नेता, अर्थविद्, कानुनविदलगायत जानकारलगायतका सुझावसमेत समेटेर सबैको अपनत्व हुनेगरी प्रतिवेदन तयार पारिएको कार्यदलका सदस्यहरूले दाबी गरेका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय