Homeब्रेकिङ न्युजनेपालमा सोमबार ३ हजार ४५१ जना कोरोना संक्रमित थपिए, २४५८ संक्रमणमुक्त

नेपालमा सोमबार ३ हजार ४५१ जना कोरोना संक्रमित थपिए, २४५८ संक्रमणमुक्त

Sagun Sandesh

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५६६ र ५ हजार ५१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.२ प्रतिशत रहेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय