Homeब्रेकिङ न्युजनेपालमा मंगलबार ३ हजार २७४ जनामा कोरोना, २७ संक्रमितको मृत्यु

नेपालमा मंगलबार ३ हजार २७४ जनामा कोरोना, २७ संक्रमितको मृत्यु

Sagun Sandesh

काठमाडौं । नेपालमा मंगलबार ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३।२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय