Homeब्रेकिङ न्युजमाधव नेपाल समूहको नयाँ दलः नाम एमाले समाजवादी, चुनाव चिन्ह खुला किताब

माधव नेपाल समूहको नयाँ दलः नाम एमाले समाजवादी, चुनाव चिन्ह खुला किताब

Sagun Sandesh

काठमाडौं । नेकपा एमाले विभाजन गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह फाइनल गराएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा जान लागेको नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह केही बेरअघि निश्चित गरेको हो ।

स्रोतका अनुसार नाम नेकपा एमाले (समाजवादी) राख्ने तय भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय