काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए ।
भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उनले बताए । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने बताए ।
उनले भने, ‘भक्तपुर सानो जिल्ला छ । यसको विकासमा पनि हामीले थोरै मेहनतले धेरै उपलब्धी हासिल गर्न सक्छौँ । भक्तपुरलाई सबै हिसाबले समृद्ध बनाउन हामी एकजुट हुन आवश्यक छ ।’
उनले नेपालमा कलाको जीवित संग्रहालय रहेको भन्दै कलाको संरक्षणले पनि ठूलो उपलब्धी हासिल गर्ने बताए ।
उनले भक्तपुर कला र संस्कृतिका लागि बनाइएको शहर नभइ आफैँ निर्मित जीवित शहर भएको बताए । यी कला र संस्कृतिलाई विज्ञान र प्रविधिसँग जोडेर जिल्लाको विकास गर्न सकिने बताए ।
आफूले पटक पटक विकास निर्माणका काममा इतिहास झल्किने र प्रविधि टल्किने हुनुपर्छ भन्दै आएको बताउँदै ओलीले अब विकासका काम गर्दा ऐतिहासिक दस्तावेजलाई संरक्षण गर्दै प्रविधिमैत्री बनाउनुपर्ने बताए ।