Homeब्रेकिङ न्युजनिर्वाचन आयोगले सनाखतको लागि माधव र महन्थको पार्टीलाई बोलायो

निर्वाचन आयोगले सनाखतको लागि माधव र महन्थको पार्टीलाई बोलायो

Sagun Sandesh

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखत गर्ने भएको छ।

शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाएको हो । प्रस्तावित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि निवेदन परेसँगै निर्वाचन आयोगले भदौ ९ गते बोलाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगमा माधव कुमार नेपालले एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी तथा जसपा फुटाएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएका छन् ।

त्यसका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिए।

सनाखत सकिएसँगै सोही दिन नयाँ दल दर्ता हुने छ। दुबै दलका नेतालाई नागरिकतासहित उपस्थित हुन भनिएको छ।

राजनीतिक दल सम्बन्धि अध्यादेश जारी भएसँगै नेता नेपाल र ठाकुर नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए।

यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए । २३ फागुनमा सर्वाेच्च अदालतले गरेको फैसला अनुरुपमा फरक नाम ल्याउन निर्वाचन आयोगले भनेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय