Homeब्रेकिङ न्युजजापानबाट थप दुई लाख आठ हजार बढी डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल...

जापानबाट थप दुई लाख आठ हजार बढी डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुग्यो

Sagun Sandesh

काठमाडौं । जापानबाट दुई लाख आठ हजार सात सय डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ।

जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त खोप शनिबार बिहान काठमाडौं आइपुगेको हो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार कतार एयरलाइन्सबाट खोप आएको हो। यसअघिअस्ट्राजेनेकाको पहिलो खोप लगाएर पर्खाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइने श्रेष्ठले जानकारी दिए।

यो खोप प्रदेश १ र २ का ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइनेछ। यसअघि पनि जापानबाट आठ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थियो। बाँकी खोप भने सोमबारसम्ममा आइपुग्ने जनाइएको छ ।

यसअघि साउन २३ र २४ मा गरी ९ लाख मात्रा खोप प्राप्त आइसकेको छ । जापानले को–भ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो । जापान सरकारले १६ लाख १४ हजार ७४० मात्रा खोप नेपाललाई दिने बताएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय