Homeब्रेकिङ न्युजझलनाथ खनालले दूतावासमार्फत निर्वाचन आयोगमा सनाखतपत्र पठाउँदै

झलनाथ खनालले दूतावासमार्फत निर्वाचन आयोगमा सनाखतपत्र पठाउँदै

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू भौतिक रुपमा उपस्थित भएर निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्न नसक्ने भएपछि दूतावासमार्फत कागज पठाउने भएका छन् ।

माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित उक्त पार्टीको बरिष्ठ नेता रहेका उनी दूतावास मार्फत सनाखत पठाउने भएका हुन् । सो पार्टीले पनि खनाललाई वरिष्ठ नेतामा राखेको छ ।

हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका छन् । खनालले एमाले परित्याग गरेको उनीनिकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘उहाँले एमाले परित्याग गर्नुभएको छ र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता हो । भोलि निर्वाचन आयोगमा उहाँले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउनु हुनेछ ।’

Sagun Sandesh

भर्खरै

लोकप्रिय