Homeब्रेकिङ न्युजनेता कार्यकर्तालाई एमालेको सर्कुलरः विभाजनमा सहभागि नहुनू (पूर्णपाठसहित)

नेता कार्यकर्तालाई एमालेको सर्कुलरः विभाजनमा सहभागि नहुनू (पूर्णपाठसहित)

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेले नेता तथा कार्यकर्तासामू पार्टी विभाजनमा सहभागि नहुन सर्कुलर जारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एक अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई एमाले विभाजन भई माधव कुमार नेपाल नेतृत्वको गठन भएको एकीकृत समाजवादी पार्टीमा नजान निर्देशन दिएका हुन् ।

अपानीमा उनले भनेका छन्, ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ, अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

जनप्रतिनिधिलाई अपानीमा भनिएको छ, ‘यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’

निर्वाचन आयोगले भदौ २२ गतेभित्र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुले दल रोज्न पाउने सूचना प्रकाशन गरेपछि एमालेले उक्त अपानी जारी गरेको हो ।

हेर्नुहोस् पूर्णपाठ

Sagun Sandesh

भर्खरै

लोकप्रिय