Homeब्रेकिङ न्युजकाठमाडौँ उपत्यकाको निषेधाज्ञा हटाइयो

काठमाडौँ उपत्यकाको निषेधाज्ञा हटाइयो

Sagun Sandesh

काठमाडौँ । वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा हटाइएको छ। उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो।

भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।

अब निषेधाज्ञा भन्ने शव्द हटाएर आदेश राखिएको छ, र सोही अनुसार गतिविधिहरु गर्न भनिएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।

सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।

अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय