Homeब्रेकिङ न्युजमीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

Sagun Sandesh

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन्।

निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्।

वर्तमान विधानको गलत ब्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको उनको निष्कर्ष छ।

ुयसरी षड्यन्त्रमुलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य नहुनेु उनले राजीनामामा उल्लेख गरेका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय