Homeब्रेकिङ न्युजकांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दाय

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दाय

Sagun Sandesh

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। ‘कोभिडका कारण नेपाली कांग्रेसको महाधिवेशन सारौँ भनेर रिट दायर गरेको हुँ,’ उनले भने।

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ ।

वैद्यले शुक्रबारबाट हुन गइरहेको अधिवेशन सारेर कहिलेबाट सुरु गर्ने भन्नेबारे भने रिटमा केही खुलाएका छैनन्।

अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौंको ज्यान जोखिममा पर्ने उनको भनाइ छ।

उक्त रिटको पेशी आइतवारलाई तोकिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय