Homeब्रेकिङ न्युजसुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्वारा राजीनामा

Sagun Sandesh

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् । 

दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए । शाह एमाले संसदीय दलका नेतासमेत हुन् । माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन् । 

तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए । तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन् । पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन् । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय