Homeब्रेकिङ न्युजपार्टीले निष्कासन गरेका सांसद संसद् बैठकमा उपस्थित भए सदन चल्न नदिने ओलीको...

पार्टीले निष्कासन गरेका सांसद संसद् बैठकमा उपस्थित भए सदन चल्न नदिने ओलीको चेतावनी

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरूले हटाइसकेका व्यक्ति सांसद पदमा नरहेको भन्दै गैरसांसदको उपस्थितिमा सदन चल्न नदिइने बताउनुभयो ।

एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखप्रति आक्रोशित भइरहने ओलीले आजको संसदीय दलको बैठकमा पनि सापकोटाको आलोचना गर्नुभएको थियो ।

माधव नेपालसहितका १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिएकाले आजको बैठकमा उनीहरू उपस्थित हुनै नमिल्ने ओलीको तर्क छ ।

यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्ने ओलीको जिकिर छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय