Homeब्रेकिङ न्युजएमाले सांसद पाण्डे र भट्टलाई नेकपा 'एस'मा जान पाउने सर्वोच्चको आदेश

एमाले सांसद पाण्डे र भट्टलाई नेकपा ‘एस’मा जान पाउने सर्वोच्चको आदेश

Sagun Sandesh

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले छोडेर नयाँ गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले जान सक्ने आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुई सांसदलाई नेकपा एसमा जान सक्ने गरी अन्तरिम आदेश दिएको हो । निर्वाचन आयोगले सनाखत गर्न भदौ ९ गते बोलाएपनि त्यस दिन आफूहरु जाँदा सनाखत गर्न नमानेको भन्दै दुई सांसद अदालत गएका थिए ।

उक्त आदेशले प्रतिनिधि सभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न अन्तरिम आदेश दिएको छ।

दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

twitter sharing button
Sagun Sandesh

भर्खरै

लोकप्रिय