Homeब्रेकिङ न्युजकुलमान घिसिङविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

कुलमान घिसिङविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

Sagun Sandesh

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कुलमानको नियुक्ती खारेजीको माग गर्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यो सँगै कुलमानले काम गर्ने बाटो खुलेको छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका थिए । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय