Homeब्रेकिङ न्युजनवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Sagun Sandesh

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्काले शपथपछि बुधबारै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन् । त्यसपछि उनी नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय