Homeब्रेकिङ न्युजराष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

Sagun Sandesh

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो । यो विधयेक प्रमाणीकरण भएसँगै बजेट सटडाउनमा रहेको सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गतेसम्म बजेट अध्यादेश पारित भइसक्नुपर्नेमा पारित हुन नसकेपछि त्यसयता सरकार बजेटबिहीन बनेको थियो ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक पारित हुन समय लागेपछि सरकार बजेटबिहीनको अवस्थामा पुगेको थियो ।

बजेटको मुल विधेयक प्रमाणीकण भए पनि बजेटसम्बन्धी थप दुई विधयेक भने बिहीबारमात्र प्रतिनिधिसभाबाट पारित भएका छन् । अब ती दुबै विधेयक शुक्रबार राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय