Homeब्रेकिङ न्युजनेपालमा शुक्रबार थप १४७६ जनामा कोरोना, ९ को मृत्यु

नेपालमा शुक्रबार थप १४७६ जनामा कोरोना, ९ को मृत्यु

Sagun Sandesh

काठमाडौं । नेपालमा शुक्रबार १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय