Homeब्रेकिङ न्युज‘पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयो’

‘पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयो’

Sagun Sandesh

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौँ १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेद्वार भएको बताए ।

पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौँका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनाको भनाइ छ ।

राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै उनले देश र पार्टीलाई अघि बढाउन सक्षम नेताको खाँचो रहेको बताए । त्यो क्षमता आफूसँग रहेको पनि उनले दाबी गरे ।

कर छुटलगाएतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै उनले प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।

नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाइ छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय