काठमाडौँ । नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे आइतबार एक रिर्पोट सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा र्ने उल्लेख गरेको छ ।
कोरोना भाइरसको संक्रमणको कारणले नेपाली अर्थतन्त्र पनि धरासयी हुने भन्दै बैंकले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्ने उल्लेख गरेको छ । प्रक्षेपणमा पर्यटन तथा रेमिट्यान्समा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने उल्लेख गरेको छ ।
विश्व बैंकका अनुसार भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ । माल्दिभ्स, अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान बैंकको छ ।
उता, यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।